आफ्नो अभिव्यक्तिलाई कसै–कसैले पूर्वाग्रह ढंगले अपव्याख्या गरे : मन्त्री यादव

राजविराज, १० माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो राजनितिक अभिव्यक्तिलाई कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरेको बताएकी छन् । उनले आज (सोमवार) विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्ति कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई हिंसात्मक गतिविधि हुनबाट जोगाउने उद्देश्यको रहेको स्पष्ट गरिन् ।

‘त्यस सभामा मैले दिएको अभिव्यक्ति कसै प्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझ्नि आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु ।’

उनले सो अभिव्यक्तिलाई अतिरञ्चित नगरिदिन सबैमा आग्रह गरिन् । ‘उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु ।’

हेर्नुहोस् विज्ञप्तिः

मिति: २०७८ माघ १० गते
प्रेस बिज्ञप्ति
आदरणीय सञ्चारकर्मी मित्रहरु,
सबैमा हार्दिक अभिवादन !
नेपालमा संघीयता, लोकतान्त्रिक–गणतन्त्र, समावेशी लोकतन्त्र, नागरिक स्वतन्त्रता प्राप्तिका लागि मधेसी, आदिवासी–जनजाती, दलित, महिला, थारु, मुस्लिम, उत्पीडित जातजाति र अल्पसंख्यक समुदायहरुमाथि वर्षौदेखि कायम रहेको थिचोमिचो, शोषण, दमन, उत्पीडन, विभेद र असमानता अन्त्य गरी पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएको ऐतिहासिक मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहूति दिने महान वीर सहिदहरुको सम्झनामा उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न प्रत्येक वर्ष माघ ५ गतेलाई ‘बलिदानी दिवस’ को रुपमा मनाउँदै आएको सबैलाई सर्वविदितै छ । त्यसै क्रममा हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी यूवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसै प्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।
मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझ्नि आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु ।
मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु ।
धन्यवाद!
रेणु कुमारी यादव
मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

Author:



क्याटोगरी छान्‍नुहोस