महिना दिन नवित्दै सप्तरीमा फेरी जलाइयो ट्रक, चालक सम्पर्कविहीन

राजविराज, १२ माघ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा गए राति पुनः एक ट्रकमा आगजनी भएको छ । अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चौकस्थित पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्वरको ट्रकमा आगजनी भएको हो ।

कुखुराको दाना बोकेर गइरहेको सो ट्रकमा राति करिब ११ बजेतिर आगजनी भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिए । ‘कसले र किन ट्रकमा आगजनी गरेको विषयमा अनुसन्धान भइरहेको छ’ उनले भने–‘चालक पनि सम्पर्कमा आएको छैन् ।’

अज्ञात समूहद्वारा गरिएको आगजनीले ट्रक पूर्ण रुपमा जलेको छ । यसअघि पुस १६ गते पनि सोही गाउँपालिका–५ महुली पुलमा एक ट्रक जलाइएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780