नेपालकै सबैभन्दा धेरै जनसंख्या हुने मधेश प्रदेश

जनकपुरधाम, १२ माघ । मधेश प्रदेशको जनसंख्या १ दशमलव २५ प्रतिशतले वृद्धि भएर नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । यसअघिको २०६८ को जनगणनाअनुसार यस प्रदेशमा ५४ लाख ४ हजार १४५ जनसंख्या थियो ।

जसमा ७ लाख २२ हजार १४३ अर्थात १ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।


त्यस्तै सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश परेको छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो ।

यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ थियो । यसैगरी कर्णालीको जनसंख्या वृद्धिदर ० दशमलव ७६ रहेको तथ्यांक विभागले उल्लेख गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780