संखुवासभा बस दुर्घटना : मृत्यु भएका १४ मध्ये १० जनाको सनाखत

जनकपुरधाम। संखुवासभाको मादी नगरपालिका– ६ सातघुम्तीमा बस दुर्घटनामा मृत्यु हुने १४ मध्ये १० जनाको पहिचान खुलेको छ।

ना ४ ख ७३५ नम्बरको बसमा सवार १४ जना मृतकमध्ये हालसम्म १० जनाको पहिचान खुलेको छ भने पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औंसीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ की अञ्जना कटुवाल र मादी–५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। अन्य ४ जना मृतकको सनाखत हुन बाँकी रहेको छ ।

घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन्। दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं लैजाने तयारी भइरहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस