‘सासु भत्तामा ढिलाई हुँदा लक्षित वर्गलाई औषधी–उपचारमा समस्या’

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा ढिलाई भइरहेको प्रति जनता प्रगतिशील पार्टी नेपालको ध्यानाकर्षण भएको छ ।

पार्टीका केन्द्रीय सदस्य हेमशंकर सिंह राजपुतले विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा भत्ता ढिलाई हुँदा लक्षित वर्गलाई औषधी उपचारमा समेत समस्या भएको उल्लेख गरेका हुन् ।

‘सप्तरीको अधिकांश स्थानिय तहमा दुई किस्ताको रकम वितरण भइसकेको र तेस्रो किस्ताको रकम वितरणको तयारी भइरहदा तिलाठी कोईलाडी गाउँपालिकामा हालसम्म एक किस्ता मात्र सामाजिक सुरक्षा भता वितरण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘जेष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका व्यक्ति बालबालिकासहित सिमान्तकृत समुदायको सुरक्षाका लागि राज्यले उपलब्ध गराउदै आएको आर्थिक सहयोग गाउँपलिकाले समयमा वितरण नगर्दा जेष्ठ नागरिकहरुको औषधी उपचारमा समेत कठिनाई उत्पन्न हुने गरेको छ ।’

ती समस्याहरुलाई मध्यनजर गर्दै समयमै सामाजिक सुरक्षा भत्ता वितरण विज्ञप्तिमा आग्रह गरिएको छ ।

‘तर्सथ कुनै पनि बहानामा सामाजिक सुरक्षा भता वितरणमा ढिलाई नगरी समयमै सामाजिक सुरक्षा भत्ता वितरण गरी जेष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका ब्यक्ति बालबालिका सहित सिमान्तकृत समुदाय प्रति सम्मान प्रकट गर्न जनता प्रगतिशील पार्टी नेपाल बिनम्रतापूर्वक आग्रह गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780