तिलाठी कोइलाडीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

राजविराज, ५ जेठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसबाट अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह निर्वाचित भएका छन् ।

अरुणकुमारले ५ हजार ४५७ मत र फुलकुमारीले ३ हजार ६८१ मत निर्वाचित भएका हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका सतिशकुमार सिंहले ३ हजार ५७५ मत प्राप्त गरे । सिंह निवर्तमान अध्यक्ष समेत हुन् ।

त्यस्तै, उपाध्यक्षमा फुलकुमारीकी निकटतम प्रतिस्पर्धी लोसपाकै रेणु मण्डलले २ हजार ९०४ मत प्राप्त गरिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस