सप्तरीमा कसले कहाँ जिते ?

जनकपुरधाम, ११ जेठ । स्थानिय तह निर्वाचनको मतपरिणामअनुसार सप्तरीमा नेपाली कांग्रेसले १८ मध्ये ५ स्थानिय तहमा कब्जा जमाएको छ । कांग्रेसले अघिल्लो निर्वाचन (०७४) मा पनि ५ वटै स्थानिय तहमा जित हासिल गरेको थियो ।

यस पटक कांग्रेसले सप्तकोशी, कंचनरुप र सुरुङ्गा नगरपालिका, तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकामा जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमालेले ३।३ स्थानमा जितेको छ ।

जसपाले राजविराज र बोदे बरसाइन नगरपालिका तथा विष्णुपुर गाउँपालिकामा जितेको छ । त्यस्तै लोसपाले महादेवा, रुपनी र छिन्नमस्तामा कब्जा जमाएको छ भने एमालेले डाक्नेश्वरी नगरपालिका तथा अग्निसाइर कृष्णसवरन र राजगढ गाउँपालिकामा जित हासिल गरेको छ ।

त्यस्तै, जनमत पार्टीले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा (एकिकृत समाजजादी)ले १।१ वटा स्थानिय तहमा जितेको छ । हनुमाननगर कंकालिनी नगरपालिका र बलान विहुल गाउँपालिकामा जनमत र खडक नगरपालिकामा माओवादी केन्द्र तथा सुरुङ्गा नगरपालिकामा एकिकृत समाजवादीले जित हासिल गरेको छ ।

अघिल्लो निर्वाचितमा तत्कालिन संघीय समाजवादी फोरम नेपाल (हाल जनता समाजजादी पार्टी), तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालले ५।५, नेकपा एमालले २ र नयाँ शक्ति पार्टी नेपालले एउटा स्थानिय तहमा जितेको थियो ।

सप्तकोशी नगरपालिका
मेयर (कांग्रेस) कृष्ण ढकाल–४ हजार ४६९ निर्वाचित
प्रतिस्पर्धी–उत्तमकुमार शर्मा (एमाले)–२ हजार ९६९
उपमेयर (कांग्रेस) रिताकुमारी चौधरी–३ हजार ९५८ निर्वाचित
प्रतिस्पर्धी–संगीताकुमारी चौधरी (एमाले)–२ हजार २००

तिरहुत गाउँपालिका
अध्यक्ष (कांग्रेस)विजयकुमार यादव–३ हजार ५५६ निर्वाचित
प्रतिस्पर्धी–हेमन्तकुमार बहडखेर (जसपा)–२ हजार ९८६
उपाध्यक्ष (कांग्रेस) विणादेवी यादवनी–३ हजार ५१ निर्वाचित
प्रतिस्पर्धी– रामवती देवी मण्डल (जसपा)–३ हजार २०

तिलाठी कोइलाडी गाउँपालिका
अध्यक्ष (कांग्रेस) अरुणकुमार मण्डल–५४५७ निर्वाचित
प्रतिस्पर्धी (लोसपा) सतिशकुमार सिंह–३ हजार ५७५
उपाध्यक्ष (कांग्रेस) फुलकुमारी साह–३६८१ निर्वाचित
प्रतिस्पर्धी (लोसपा) रेणु मण्डल–२ हजार ९०४

सुरुङ्गा नगरपालिका
मेयर (कांग्रेस)गीता चौधरी–७ हजार २९२ निर्वाचित
प्रतिद्वन्द्वी (एस) रामनारायण चौधरी–४ हजार २१७
उपमेयर (कांग्रेस) रुद्रबहादुर कार्की–६ हजार २७५ निर्वाचित
प्रतिद्वन्द्वी (एस) सुनिताकुमारी मुखिया–३ हजार ९९८

कञ्चनरुप नगरपालिका
मेयर (कांग्रेस) ललनप्रसाद गुप्ताः ७८८९ निर्वाचित
प्रतिस्पर्धी (जसपा) भोलाकुमार पासवानले ५७०४
उपमेयर (कांग्रेस)मुनाकुमारी पोखरेलः ७०७४ निर्वाचित
प्रतिस्पर्धी (एमाले)कल्पना चौधरी:५५४७

अग्निसाइर कृष्णासवरन गाउँपालिका
अध्यक्ष (एमाले) दिनानाथ चौधरी–४ हजार ८७४ निर्वाचित
प्रतिस्पर्धी–परशुराम चौधरी (कांग्रेस)–३ हजार ८८८
उपाध्यक्ष (कांग्रेस) कल्पनाकुमारी चौधरी–४ हजार २१६ निर्वाचित
प्रतिस्पर्धी–शैलेन्द्री लेखी थरुनी (एमाले)–३ हजार ४५९

राजगढ गाउँपालिका
अध्यक्ष (एमाले)ओमप्रकाश मण्डल–४ हजार १४९ निर्वाचित
प्रतिस्पर्धी–सुरेन्द्रप्रसाद यादव (जसपा)–३ हजार ८०७
उपाध्यक्ष (जसपा) रेणुदेवी मण्डल–३ हजार ८३० निर्वाचित
प्रतिस्पर्धी– रेखाकुमारी यादव (एमाले)–३ हजार ७०७

डाक्नेश्वरी नगरपालिका
मेयर (एमाले)रामलखन मलाहा–५ हजार ८५४ निर्वाचित
प्रतिस्पर्धी–नारायण यादव (कांग्रेस)–५ हजार ३९६
उपमेयर (एमाले) मिराकुमारी यादव–६ हजार १९७ निर्वाचित
प्रतिस्पर्धी–इन्दुदेवी यादव (जसपा)–५ हजार २०९

बलान विहुल गाउँपालिका
अध्यक्ष (जनमत) खेमचन्द्र यादव–२ हजार ९९४ निर्वाचित
प्रतिस्पर्धी (कांग्रेस) नवीनकुमार झा–२ हजार २४७
उपाध्यक्ष (जनमत) रेणु यादव–२ हजार ६९० निर्वाचित
प्रतिस्पर्धी (कांग्रेस) आशदेवी मण्डल–२ हजार ३०४

हनुमाननगर कंकालिनी नगरपालिका
मेयर (जनमत) विरेन्द्र माझी–६ हजार ४०७ निर्वाचित
प्रतिस्पर्धी–शैलेशकुमार साह (जसपा)–६ हजार २४६
उपमेयर (जसपा) सरितादेवी यादव सिपालिया–६ हजार ५१२ निर्वाचित
प्रतिस्पर्धी–रेखादेवी मण्डल (जनमत)–५ हजार ९८२

विष्णुपुर गाउँपालिका
अध्यक्ष (जसपा) उमेशप्रसाद यादव–३ हजार १६४ निर्वाचित
प्रतिस्पर्धी (कांग्रेस) लिलाम्बर यादव–२ हजार ८११
उपाध्यक्ष (कांग्रेस) रेणुकुमारी यादव–३ हजार ३६५ निर्वाचित
प्रतिस्पर्धी (जसपा)उषाकुमारी साह–३०४६

राजविराज नगरपालिका
मेयर (जसपा) भिमराज यादवः ९६२४ निर्वाचित
प्रतिस्पर्धी (माओवादी केन्द्र)शम्भुप्रसाद यादवः४८०७
उपमेयर (जसपा) इसरत प्रविणः७२६४.निर्वाचित
प्रतिस्पर्धी (कांग्रेस)शुशिलाकुमारी यादवः ४४२७

बोदे बरसाइन नगरपालिका
मेयर (जसपा) आतेशकुमार सिंहः ५६९३ निर्वाचित
प्रतिस्पर्धी (कांग्रेस) दिपेन्द्रकुमार यादवः ५२८०
उपमेयर (जसपा) रेणुकुमारी साहः५१५४ निर्वाचित
प्रतिस्पर्धी (कांग्रेस)पुनिताकुमारी साहः ४९३६

महादेवा गाउँपालिका
अध्यक्ष (लोसपा)सुनिलकुमार मण्डल–४ हजार ५७० निर्वाचित
प्रतिस्पर्धी–दिपककुमार यादव (कांग्रेस)–२ हजार २०५
उपाध्यक्ष (लोसपा) अर्जनाकुमारी यादव–३ हजार ८६७ निर्वाचित
प्रतिस्पर्धी– शुषमाकुमारी मण्डल (कांग्रेस)–२ हजार २५३

छिन्नमस्ता गाउँपालिका
अध्यक्ष (लोसपा)विद्यानन्द चौधरी–२ हजार ८९५ निर्वाचित
प्रतिस्पर्धी–सत्यनारायण यादव (जसपा)–१ हजार ७६६
उपाध्यक्ष (माओवादी केन्द्र) राजोदेवी यादव–२ हजार ४७२ निर्वाचित
प्रतिस्पर्धी– प्रर्मिलादेवी साह (कांग्रेस)–१ हजार ५९५

रुपनी गाउँपालिका
अध्यक्ष (लोसपा)दिनेशकुमार यादव–४ हजार २६९ निर्वाचित
प्रतिस्पर्धी–हरेराम यादव (जसपा)–३ हजार ९३५
उपाध्यक्ष (लोसपा) पुष्पाकुमारी श्रेष्ठ–३ हजार ७१० निर्वाचित
प्रतिस्पर्धी– बेचनीदेवी सरदार (जसपा)–३ हजार ६५४

शम्भुनाथ नगरपालिका
मेयर (एस)जितेन्द्रप्रसाद गुप्ता कलवार–५ हजार ३९२
प्रतिद्वन्द्वी (कांग्रेस) दिपेन्द्र चौधरी–४ हजार १४३
उमेयर (एस) अनिता चौधरी–४ हजार ९९८ निर्वाचित
प्रतिद्वन्द्वी (कांग्रेस)जलपनाकुमारी सरदार–४ हजार २७१

खडक नगरपालिका
मेयर (माओवादी केन्द्र) जयप्रकाश चौधरी थारुः ५८८२ निर्वाचित
प्रतिद्वन्द्वी (जसपा) हेमायु हकः ५०६७
उपमेयर (जसपा)रिताकुमारी चौधरीः ६२३१ निर्वाचित
प्रतिद्वन्द्वी (कांग्रेस) यसमिन सुलतान खातुनः ३२१०

यस्तो छ मतपरिणामः

निर्वाचित
Author:



क्याटोगरी छान्‍नुहोस