जनकपुरधामका उपप्रमुख साहमाथि आक्रमण

जनकपुरधाम, ५ असार । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि आइतवार आक्रमण भएको छ । वडा नम्वर २३ बेलागाउँस्थित अतिक्रमणमा परेको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएका समूहले उपप्रमुख साहमाथि आक्रमण गरेको हो ।

बेला गाउँका स्थानीय र दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै उनीहरुले त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए ।

नगर प्रमुख कार्यालयमा नभेटेपछि उनीहरुले उपप्रमुख साहलाई ज्ञापन बुझाए । ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गरे । त्यस क्रममा पनि उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए ।

त्यसलगत्तै उनीमाथि आक्रमण भएको हो । आक्रमण गर्ने समूहमध्येका एक महिलाले उपप्रमुख साहमाथि चप्पल प्रहार गरेकी छिन् । घटना लगत्तै पुगेको प्रहरी टोलीले उपप्रमुख साहलाई सुरक्षा दिएर कार्यकक्षमा लगेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस