पूर्व सञ्चारकर्मी रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

जनकपुरधाम । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ दल खोल्ने घोषणा गरेका छन् । उनले आफ्नो पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ हुने पनि जानकारी दिएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।

सो क्रममा उनले आफू व्यवस्था बदल्न नभइ नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गर्दै नयाँ दल खोल्ने बताएका हुन् ।

उनले सम्पूर्ण क्षमतावान तथा शिक्षित व्यक्तिहरुलाई पार्टीको सदस्य हुन आह्वान गरेका छन् । साथै उनले हाल स्वतन्त्र रुपमा उठ्न लागेका उम्मेदवारलाई यो पार्टीमा आउन पनि आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस