प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।

यही ६ र ७ गते हेटौंडामा आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनबाट शेखर–गगन समूहका लम्साल निर्वाचित भएका हुन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ ।

युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल प्रेसकर्मी नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।

उक्त महाधिवेशनमा संस्थापनबाट अनिता बिन्दुले अध्यक्षमा उम्मेदवारी दिएकी थिइन ।

Author:



क्याटोगरी छान्‍नुहोस