खान नपाएर दूध आउँदैन, बच्चालाई पनि भोकभोकै सुताउनुपर्छ

राजविराज । ‘गरिबीके कारण हृदय काँपि रहल अछि, हम सभ त जेना तेना जिनगी काइटते छेलिए, एहि जौना बच्चासभके दुध पिएबाक धरिके सामर्थ नै छै, मरि की जिबी भऽरहल छै गौ’ अर्थात गरिबीले कतिसम्म मन पोल्दो रैंछ भन्ने अहिले आएर महशुष भइरहेको छ, आफुहरु त जसोतसो बाँचेकै थिए तर यी जुम्ल्याहा बच्चाहरुलाई दुधसम्म खुवाउन सामर्थ नहुँदा मर्नु न बाँच्नु भइरहेको छ हजुर’ जुम्ल्याहा बच्चा पाएकी पुनिता खंगलाई भेट्न पुगेका हरेक व्यक्तिलाई यसरी पीडा सुनाउँछिन् उनी ।

सप्तरीको राजविराज नगरपालिका–१२ दमाबतीकी २५ वर्षीया पुनिताले गत जेठ १ गते जुम्ल्याहा बच्चा (छोरा र छोरी) को जन्म दिइन् । तर, घरको आर्थिक अवस्था अत्यन्त्तै कमजोर रहेका कारण उनले आफ्ना लागि पोषिलो आहारको जोहो गर्न सकिरहेकी छैन् भने नवजात दुई शिशु पनि कुपोषित हुँदै गइरहेका छन् ।

‘सुत्केरी हुँदाको बेला नै ८० हजार रुपैयाँ ऋण काँढेर अस्पतालमा बुझाए, पति अर्काको खेतबारीमा ज्याला मजदुरी गरेर थोरै पैसा ल्याउनुहुन्छ र त्यो पैसाबाट आधा रकम साहुकारलाई नै बुझाउनुपर्ने बाध्यता छ’ उनले भनिन्–‘बाँकी रकमले घर चलाउन नै धांै–धौं हुने गरेको छ, पौषिलो आहारको लागि त पैसा रहँदैन ।’

पेट भरि खान नपाएर दुध नै नआउने गरेको उहाँको दुखेसो छ । ‘पेटभरि खान नपाएर प्रयाप्त दुध आउने त कुरै भएन, दुवै बच्चालाई पेट भरि पनि पुग्दैन्’ उनले भनिन्–‘राति राति बच्चा रोइरहन्छन्, टुलु–टुलु हेर्ने बाहेकको विकल्प नै रहदैन् ।’ आफुहरु जस्ता दलित गरिबलाई हेर्ने पनि कोही नभएर नवजात शिशुलाई कसरी हुर्काउने भन्ने चिन्ताले पिरोलेको उनी बताउँछिन् । ‘अहिले दुवै बच्चाको तौल घट्दै गइरहेको छ’ उनले भनिन्–‘बच्चालाई स्वथ्य राख्न पोषिलो आहारको आवश्यक्ता छ, खै कसरी परिपूर्ति गर्ने? दुविधा नै दुविधा छ ।’

पुनिताका पति पञ्चदेव खंगले यसअघि पनि दुई सन्तान रहेको भन्दै परिवारको गुहाजा चलाउन कठिन भइरहेको लाचारी सुनाए । ‘सुत्केरी हुँदाको बेला नै शल्यक्रियामा धेरै खर्च भयो, चिनजानका सबैतिरबाट ऋण–सापटी लिइसकेको छु, अब कोही दिँदैनन् पनि’ उनले भने–‘सम्पत्तिको नाममा एक धुर जग्गा बाहेक केही छैन्, ८ जनाको परिवार कसरी धान्ने चिन्ताले रातरातभरि निन्द्रा लाग्दैन् ।’

पञ्चदेवले कुपोषित हुँदै गएको जुम्ल्याहा बच्चालाई दुध खुवाउन सहयोगको लागि सबैमा आग्रह गरे । पञ्चदेवका अनुसार परिवारमा जुम्ल्याहा छोराछोरीसहित दुई छोरी ७ वर्षीया शिवानी र ३ वर्षीया किरण, श्रीमति, बुवा ६५ वर्षीय जितु र आमा ६० वर्षीया किसनी देवी रहेका छन् । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस