यी प्रदेशमा भारी वर्षाको सम्भावना

जनकपुरधाम। मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । साथै प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा भने सरदर स्थानको आसपासमा रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस