एसईईमा मधेश प्रदेशबाट ७६ हजार ८४७ परीक्षार्थी उत्तीर्ण

जनकपुरधाम । एसईई परीक्षामा मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार विभिन्न जीपीए ल्याएर सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् । मधेशको उत्तीर्ण प्रतिशत १५.५ रहेको छ ।

त्यस्तै, प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् । बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशबाट ४६ हजार १२९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७, कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् । सबै प्रदेशबाट ४ लाख ९५ हजार ७५१ जना उत्तीर्ण भएकोको नतिजा निकालिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस