जसपा अध्यक्ष यादवले भने-राष्ट्रपतिबाट असंवैधानिक काम भयाे

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको दावी गरेका छन् ।

उनले साे कार्य प्रति आपत्ति व्यक्त जनाउँदै राष्ट्रपतिको यो कदम नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र रहेको बताए । ‘नेपाली नागरिकलाई नागरिकता विहीन नबनाउने कुरा संविधानमै उल्लेख छ’ उनले भने ‘राष्ट्रपतिको यो कदम नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र हो।’

उनले राष्ट्रपतिको कदमले मुलुकमा गम्भीर असर पार्ने बताए । ‘खासगरी तराई/मधेसका समुदायमाथि यसले गम्भीर असर पार्छ । नागरिकताबाट वञ्चित भएका नागरिक छन् । तराई/मधेस, पहाडका नागरिकताबाट वञ्चितहरूलाई यसले गम्भीर असर पार्छ’ उनले भने ।

संघीय संसदबाट साउन १५ मा पारित भएर विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपति कार्यालय पुगेको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्नुपर्ने भन्दै आइतबार फिर्ता पठाएकी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस