पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो दलका निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखिकरण एवं प्रशिक्षण दिँदैछ । कांग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख/उप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखका लागि अभिमुखीकरण गर्न लागेको हो ।

सोमबार र मंगलबार ललितपुरको सानेपास्थित होटल हेरिटेज प्लाजामा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान ११ बजे प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नेछन् ।

उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनप्रतिनिलाई प्रशिक्षण दिन लागेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस