प्रतिनिधि सभामा आज सत्य निरूपण आयोग विधेयकबारे छलफल हुने

जनकपुरधाम । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बस्ने भएको हो ।

बैठकमा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । कानूनमन्त्री गोविन्द कोइरालाले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु हुने कार्यसूची रहेको छ ।

यसैगरी, राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा पनि सदनमा जानकारी गराइने सम्भावित सूचीमा राखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस