रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु

रौतहट, १४ भदौ । रौतहटमा गरुडा नगरपालिका–३ मलाही टोलमा मंगलबार विहान चट्याङ लागेर तीन जना महिलाको मुत्यु भएको छ भने एक जना घाइते समेत भएका छन् ।

स्थानीय सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको गरूडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, चट्याङ लागेर सोही ठाउँका ४० वर्षीया सहेलीदेवी सहनी घाइते भएकी छिन् । उनको सिटी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780