कपिलवस्तु–३ बाट मौलाना मशहुद सिफारिस

कृष्णनगर । नेकपा माओवादी केन्द्रले कपिलवस्तु निर्वाचन क्षेत्र नम्वर ३ का लागि उम्मेदवार सिफारिस गरेको छ ।

शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरिएको हो । जसअनुसार प्रत्यक्षतर्फ क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्यका लागि मौलाना मक्सुद खां नेपालीको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ चिन्ता परियारको नाम सिफारिस भएको छ ।

मौलाना मशहुद लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल छन् भने परियार लामो समयदेखि पत्रकारितामा आवद्ध छन् ।

त्यस्तै, ३ (क) का लागि प्रत्यक्षतर्फ एहसान अहमद खान, राजेन्द्र आचार्य र रमेश चन्द्र चौधरीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ उमा विक, गगन कामी, सिता बुढाथोकि, कुमारी कुसुम चौधरी, जयप्रकाश कहार, टिका पुन मगरको नाम सिफारिस भएको छ ।

त्यस्तै, ३ (ख)का लागि प्रत्यक्षतर्फ चुर बहादुर खड्का, अर्जुन सापकोटा र केशर वलीको नाम सिफारिस भएको छ । समानुपातिकमा सवनम खातुन गितादेवि सुनार र मैयान खानको नाम सिफारिस भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस