गाईको बाछी काटेको आरोपमा मियाँ पक्राउ

राजविराज । सप्तरीमा गाईको बाछी काटेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महदेवा गाउपालिका–४ बलियास्थित मुस्लिम टोल बस्ने ६५ वर्षीय सकुर मियाँ रहेका छन् ।

शुक्रबार दिउँसो सकुरका ३५ वर्षीय छोरा इलियासले आफ्नो आगनमा रातो खैरो रङको ७/८ महिनाको गाईको बाछी काटेर घरभित्र राखेको सूचना पाएसँगै प्रहरी खटिएको थियो ।

खोजतलास गर्दा सकुरको घरमा करिब ६ किलो मासु र चार वटा खुट्टा समेत फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधाव प्रसाद काफ्लेले जानकारी दिए ।

सकुरलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस