सिरहाका ११० भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण

लहान । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिकाका भूमिहीनलाई सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ ।

समितिले आयोजना गरेका कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सो नगरपालिकाका १ सय १० भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजारभन्दा बढी भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए । गाउँब्लक, पुनःनापी र विशेष नापीबाट ४९ हजारभन्दा बढी र राष्ट्रिय भूमि आयोग मार्फत झण्डै १ हजार परिवारलाई लालपुर्जा वितरण गरिएको उनको भनाई थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस