प्रहरीको हाकिम हुँ भन्दै धाकधम्की दिँदै रकम माग गर्ने युवक पक्राउ

विराटनगर – मोरङमा प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ का २९ वर्षीय रविन घिमिरे छन् । धाकधम्की समेत दिँदै रकम माग गर्दै आएका घिमिरेलाई सोमबार साँझ ईलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको हो ।

उनलाई वडा नम्वर १५ स्थित १ नम्बर ढाटमा पक्राउ गरिएको छ । पक्राउ परेका घिमिरेलाई अभद्र व्यवहार गर्नु नुहने कसुरमा म्याद थप गराइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस