लौरो चिन्ह स्वतन्त्रको हो भनि प्रचार गर्नेलाई आयोगको स्पष्टीकरण–१ लाख जरिवाना किन नलिने ?

जनकपुरधाम – हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हलाई स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह रहेको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोगले आफ्नो दलीय आवद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले आइतबार सिराहा २ का प्रतिनिधि सभा उम्मेदवार शिवशंकर यादव, सिरहा २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजलाल यादव र (ख) का उम्मेदवार योगेशकुमार सिंह, सर्लाही २ का उम्मेदवार वीरवंश बैठालाई स्पष्टीकरण सोधेको छ ।

यस्तै, काठमाडौं–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मधुसुदन पाठक (सिते बा), काठमाडौं–२ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजकुमार तिमिल्सिना, सुनसरी–१ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार विजय कालिकोटे, रूपन्देही–३ का प्रख्यात बञ्जाडे र नुवाकोट–१ प्रदेश सभा क्षेत्र (ख) का दिपेश ढुंगानालाई आयोगले स्पष्टीकरण सोध्दै १ लाख जरिवाना किन नलिने भन्दै स्पष्टीकरण दिन भनेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780