घुस लिँदैगर्दा जिल्ला प्रशासन कार्यालय पर्साका एक कर्मचारी पक्राउ

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय पर्साका एक जना कर्मचारी घुस लिँदैगर्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कम्प्युटर अपरेन्टर संजयकुमार यादव छन् । उनी मुद्दा फाँटका कर्मचारी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले यादवलाई सोमबार पक्राउ गरेको हो । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएका टोलीले उनलाई घुस लिँदैगर्दा पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यादवसँग घुस लिएका ५ हजार रुपैयाँ बरामद गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस