नक्कली नागरिकता प्रकरण : छानबिन गर्न प्रहरीलाई पत्राचार (फ्लोअप)

राजविराज – छोराको नागरिकता लिन आएका बुवाकै नागरिकता शंकास्पद देखिएसँगै जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको छ ।

राजविराज नगरपालिका–७ का राजनारायण मिश्रले गत भदौ २४ गते छोराको नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । मिश्रकै नागरिकता शकांस्पद पाइएपछि कार्यालयले सो नागरिकता जफत गरेको थियो ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले सन्तानको नागरिकता लिन आएका मिश्रको नागरिकता शंकास्पद देखिएपछि छानबिनका लागि पत्राचार गरिएको बताए । ‘नागरिकता जफत गरी छानबिन प्रक्रिया अघि बढाइएको छ, अहिले नै नक्कली हो भनेर ठहर गर्न सकिँदैन’ उनले भने, ‘प्रहरीको छानबिनपछि नागरिकता नक्कली नै ठहर भए कानूनअनुसार हुन्छ ।’

तत्कालिन प्रशासकीय अधिकृत हरिहर दाहालको हस्ताक्षरमा २०५१ असोज २५ गते मिश्रको नाममा नागरिकता जारी गरिएको छ । नागरिकता प्रमाण पत्र नं. ४५८/३०० मा जारी गरिएको सो नागरिकतामा प्रशासकीय अधिकृत दाहालको हस्ताक्षरमा लेखिएको मिति भने २०५१ असार २१ गते नै उल्लेख छ ।

‘नागरिकतामा तत्कालिन प्रशासकीय अधिकृत दाहालको हस्ताक्षर पनि मिलेको छैन् भने नागरिकता जारी गरिएको मितिले पनि नक्कली नै हो’ जिल्ला प्रशासन कार्यालय श्रोतले भन्यो, ‘जारी मितिअनुसार कार्यालयमा अभिलेख पनि फेला परेको छैन् र नागरिकता कार्ड पनि कार्यालयकै हो भनेर यकिन गर्नसक्ने अवस्था छैन् ।’

उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले सो विषयमा अनुसन्धान भइरहेको बताए ।

यो पनिः

सप्तरीमा छोराको नागरिकता लिन आएका बुवा नै शंकास्पद

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780