सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द

जनकपुरधाम । राहदानी विभागले पासपोर्ट (राहदानी) वितरण बन्द गरेको छ। सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस (अवस्था) हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ।

विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रुपमा सुचारु हुन केही समय लाग्ने विभागकी प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिएकी छन्।

सापकोटाले एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को सूचना जारी नहुँदासम्मको लागि राहदानी वितरण नहुने जानकारी दिएकी छन्। अर्को सूचना जारी नहुँदा सम्मलाई विभागमा उपस्थित नभइदिन सेवाग्राहीलाई आग्रह गरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस