शम्भुनाथमा कार्यरत ई.साह १ लाख ४० हजार घुस रकमसहित पक्राउ

राजविराज, ३ माघ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो । निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा खटिएको टोलीले ईन्जिनियर साहलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

पक्राउ परेका इन्जिनियर साहमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस