मधेस प्रदेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मंगलबार प्रदेश सभामा भएको निर्वाचनमा हाल १ सय ५ जना सांसद कायम रहेकोमा १ सय ३ सांसदले मतदान गरेका थिए ।

निर्वाचनमा मण्डलको पक्षमा ७४ जनाले मत दिएका थिए भने विपक्षमा २९ जनाले मत दिएका थिए ।

सभामुखमा नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायले उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसका जंगीलाल रायलाई नेकपा एसले पनि मतदान गरेको थियो ।

कांग्रेसका २२ र समाजवादीका ८ जना सांसद छन्।

Author:



क्याटोगरी छान्‍नुहोस