भिडभाड व्यवस्थित गर्न अस्पतालमा ‘टोकन’ प्रणाली

राजविराज – सेवाग्राहीको भिडभाड व्यवस्थित गर्न गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले ‘टोकन’ प्रणाली सुरु गरेको छ ।

बुधवार एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले ‘टोकन’ प्रणालीको उद्घाटन गरेका छन् । अस्पतालमा दैनिक सयौंका संख्यामा आउने सेवाग्राहीलाई सेवा लिन कठिनाइ हुन थालेपछि भिड व्यवस्थित गरी उपचार सेवा दिन टोकन प्रणाली लागू गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले बताए ।

उनका अनुसार ओपिडीसहित सबै ठाउँमा चिकित्सकलाई देखाउन पुर्जा लिनेहरुको भिडभाड हुँदै आएको थियो । टोकन प्रणालीलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारी समेत सहजीकरणमा खटिने मेसु साहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस