गाउँपालिका अध्यक्षलाई नियन्त्रणमा लिएर कारबाही गर्न आयोगको माग

जनकपुरधाम – राष्ट्रिय दलित आयोगले सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गर्न माग गरेको छ ।

आयोगले बिहिवार विज्ञप्ति जारी गर्दै कारबाही गर्न र अपमानित दलित समुदायको मानव अधिकारको संरक्षण गर्न पनि सरकारसँग माग गरेको हो ।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नी दिवंगत आमाको १३ औँ दिनको पुण्यतिथिमा सोमबार गरेको भोजमा जात र समुदाय अनुसार फरक–फरक ठाउँमा बसेर खाने प्रबन्ध गरी जातिय विभेद गरेका थिए ।

‘गाउँपालिका अध्यक्ष जस्तो सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिले मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान र प्रचलित ऐन कानूनको उल्लंघन हुने गरी मधेशका युगौंदेखि शोषण–उत्पीडनमा पारिएका समुदायलाई घोषित रुपमा छुट्याउने गरी व्यानर समेत राखेर समुदायलाई छुट्टै भोज खुवाउने कार्यको निन्दा एवम् भत्र्सना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्य निरुत्साहनका लागि सबै मानव अधिकारको क्षेत्रमा कार्य गर्ने व्यक्ति एवम् संस्थाहरुलाई सहयोगका लागि अपिल गर्दछौं ।’

कानूनको उल्लंघन गर्ने जो सुकैलाई दण्डनीय गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780