यी ३३ निर्माण व्यवसायीको इजाजत पत्र खारेज

जनकपुरधाम – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इजाजत पत्र नवीकरण नगर्ने ३३ निर्माण व्यवसायीको इजाजत पत्र खारेज गरेको छ । विहिवार मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै ती निर्माण व्यवसायीको इजाजत पत्र खारेज गरेको जानकारी गराएको हो ।

निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/०८० का लागि चैत मसान्तसम्म इजाजत पत्र नवीकरण नगरेका व्यवसायीहरूको निर्माण व्यवसाय इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ ।

यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेको थियो । तर सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजत पत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

इजाजत पत्र खारेज भएका निर्माण व्यवसायी :

Author:



क्याटोगरी छान्‍नुहोस