मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना

जनकपुरधाम – मिटरब्याज पीडितको माग सम्बोधनका लागि गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ । कार्यालयको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले उदघाटन गरेका हुन् ।

अब मिटरब्याज सम्बन्धी कामकारबाही यस कार्यालयबाट हुनेछ । मिटरब्याज पीडितको आन्दोलनको क्रममा सहमति अनुसार सरकारले गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । निवेदन वैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र दिनुपर्ने आयोगले जनाएको हो ।

आयोगका अध्यक्ष कार्कीका अनुसार पीडितहरूले आफूसँग उपलब्ध रहेका सबुत प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनसक्न छन् । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजपीडित सहायता कक्ष स्थापना गरिएको उनले जानकारी दिए ।

सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुने पनि उनले जानकारी दिगराए । निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइदिने प्रबन्ध गरिएको आयोगले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस