उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

जनकपुरधाम – नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले बुधबार अपराह्न उनलाई पक्राउ गरेको हो ।

अहिले उनलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । उपराष्ट्रपतिको कार्यालयमा सरुवा हुनुअघि उनी गृह मन्त्रालयमा सचिव थिए ।

गृहमन्त्रालयबाट उनी गत वर्ष उपराष्ट्रपति कार्यालयमा सरुवा भएका थिए । गृह मन्त्रालयमा सचिव रहेकै बेला नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग उनको साँठगाँठ रहेको बताइएको छ। बुधबार नै उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।

यसअघि मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस