अझैं पक्राउ परेन डाक्नेश्वरीका वडाध्यक्ष भागेश्वर (फलोअप)

राजविराज, २२ वैशाख । चार महिनाअघि फरार भएका डाक्नेश्वरी नगरपालिका–३ का वडाध्यक्ष भागेश्वर यादव अझैं पक्राउ परेको छैन् ।

भारतीय नागरिकलाई जन्मदर्ता बनाइदिएपछि उनी विरुद्ध गत पुस २४ गते सप्तरी जिल्ला अदालतबाट पक्राउ आदेश जारी भएको थियो । आदेश जारीसँगै वडाध्यक्ष यादव फरार छन् ।

गत पुस ८ गते ईलाका प्रशासन कार्यालय बोदे बरसाईन पुगेका तरही टोलकी फुलियादेवी मुखिया पक्राउ परिन । मुखियासँगै भारत विहार राज्यको मधुबनी जिल्लास्थित फुलपरास निवासी लोचन मुखियाका २० वर्षीय छोरा धीरजकुमार मुखियालाई पनि पक्राउ गरियो ।

नातामा भान्जा पर्ने धीरजलाई मुखियाले छोरा बनाएर नागरिकता बनाउन लागेको अवस्थामा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गर्न गत पुस ११ गते जिल्ला अदालतले नागरिकता सम्बन्धि कसुरमा सातदिने म्याद थप गरेको थियो ।

अनुसन्धानकै क्रममा दुवै जना पूर्पक्षका लागि कारागार छन् भने वडाध्यक्ष यादवसहितका पक्राउ गर्न आदेश जारी भएको थियो । नागरिकता सम्बन्धी कसूर र लिखत सम्बन्धी सरकारी कागजात किर्ते सम्बन्धी कसूरमा वडाध्यक्ष र सर्जमिनमा बसेकाहरुलाई पक्राउ गर्न आदेश जारी भएको हो । तर, उनीहरुलाई अझैंसम्म प्रहरीले पक्राउ पर्न सकेको छैन् ।

श्रोतकाअनुसार जनप्रतिनिधि र प्रहरीले नै आर्थिक प्रलोभनमा परेर भारतीयलाई नागरिकता दिलाउन सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराएको हो । ‘डेढ लाख रुपैयाँमा डिल भएको रैंछ, त्यसमा जनप्रतिनिधि र प्रहरी चौकी पातोले बाँडफाँड गरेका छन्’ श्रोतले भन्यो, ‘स्थानीय देवन राय, मंगल मुखिया, कपलेश्वर ठाकुर र रंजित मुखिया सर्जमिन मुचुल्काका साक्षी हुन् भने वडा अध्यक्ष यादवकै रोहबरमै सर्जमिन उठाइएको छ ।’

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले उनको खोजी कार्य भइरहेको जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस