सप्तरीमा घाँटी रेटी एक जनाको हत्या

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सोमबार बिहान घाँटी रेटी हत्या गरिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

वडा नम्वर–४ स्थित टेलरिङ फयाक्ट्रीको पछाडि अन्दाजी २५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

‘शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ’ उनले भने, ‘शवको हालसम्म सनाखत हुन सकेको छैन् ।’
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस