सप्तरीका दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

राजविराज – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रमबीच विभिन्न पार्टी परित्याग गरी एक दर्जनबढी नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षता तथा मधेश प्रदेश समितिका मुख्यसचिव दिनेश यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका–४ मुखिया टोलका सत्यनारायण मुखियासहित एक दर्जन व्यक्ति जसपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेता एवम् निवर्तमान जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, युवा नेताहरु गुड्डु सिंह, शम्भु यादव लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस