रामरिझन यादव
सार्कमा ८ वटा देश छन । यसमध्ये विकाशसील चारवटामा विश्वका ख्यातिप्राप्त महिलाहरू वर्षौ वर्षसम्म शासन सत्ता चलाएका छन भने चारवटा अविकशित मुलुक नेपाल, भूटान, माल्दिभ्स तथा अफगानिस्तानमा महिला प्रधानमन्त्री बन्न सकेका थिएनन । तर, संयोग नै मान्नु पर्छ यी आठवटा मुलुकमा भारत र श्रीलंका समकक्षमा नेपाल पुगेको छ जहा राष्ट्र्पति र प्रधानमन्त्री पनि महिला भएका छन । यस अर्थमा नेपालको अवस्था गणनायोग्य मानिन्छ ।
आज मुलुकका पूर्वप्रधान न्यायधीश सुशिला कार्कीलाई प्रधान मन्त्री नियुक्ति गरिरहँदा मलाई उनको विगत याद आयो । विद्रोही तथा बाह्र्मुखी स्वभावका शुशिलाले वाहुन जातका विद्रोही नेता दुर्गा सुवेदीसङ्ग २०४५ सालमा विहे गर्दा घर परिवारका कुनै पनि व्यक्ति आएनन । नआएपछि तत्कालीन प्रतिवन्धित नेपाली काग्रेसका महामन्त्री गिरिजा प्रसाद कोइराला तथा प्रनेकपा( मार्क्सवादी) का महासचिव मनमोहन अधिकारी, नोना कोइराला, तथा साबित्री कोइरालाले क्रमश: वेहुला र वेहुलीको बुबाआमा र घरपरिवारको भूमिका निर्वाहन गरेका थिए ।
पत्रकारको रूपमा त्यो विहेमा म पनि समलित थिए र मलाई थाहा थिएन कि पहाडी समाजमा पनि मधेशीजस्तै जातीय कट्टरता छ । खैर जे होस दुर्गादाई प्लेन हाइजेकरको नामले विख्यात भैसकेकोले उनीसग मेरो परिचय सन सत्तरको दशकमा भारतको मधुवनीमा पढिरहदा नै भएको थियो, जो विराटनगरमा एउटा अभिभावकत्वको रूप ग्रहण गर्यो ।
२०४६ सालको आन्दोलनमा करिव सावा महिना उनी जेलमा बसे । सगै अर्को कोठामा मपनि थिए । त्यसपछि उनी निर्लिप्त वकालतमा लागे । तर, २०४६ सालमा नाेना कोइरालासगै डा. शेखर कोइरालाको आमा) जेलमा बसे पनि काग्रेस सत्तामा आउदा ऐरेगैरेलाई जे मन लाग्यो त्यो बनायो तर गिरिजा प्रसाद कोइरालाको दृष्टि एउटा योग्य, सक्षम तथा इमान्दार महिलातर्फ कहिल्यै परेनन । किनकि, उनको श्रीमान दुर्गा सुवेदी कोइराला निवासको खरो आलोचक थिए । यसरी काग्रेसको नजर एउटा सुयोग्य महिलामाथि नपरेपनि माओवादीको भने अवश्य पर्यो । उनी सर्बोच्च अदालतको न्यायधीश बन्न सफल भइन । यति भैसकेपछि पनि उनलाई संसदमा अभियोग लगाउने काम भयो जसलाई उनले चुनौतीपूर्ण ढङ्गबाट सामना गरिन । यहीबेला देशले शुशिला कार्कीलाई चिने – एउटा लौह महिलाको रूपमा ।
आज जब सम्पूर्ण मुलुक बर्बाद भएका छन । कही कतै केही छैन ।उनलाई बस्न मेच पनि छैन त्यतिबेला उनी इतिहास बनाउदै नेपालको ४२ औ र पहिलो महिला प्रधानमन्त्रीको रूपमा शपथ खाएकी छन ।यो कम ठूलो चुनौती होइन । यसलाई उनले सामना गर्दै नेपाललाई नया युग तर्फ लम्काउन ठूलो साहस र विद्वताको आवश्यकता छ । जो उनमा छन भन्ने कुरा उनको विगतको कृयाकलापले पुष्टि गरेका छन । बधाई । Ramrijhan Yadav/facebook