गजल

सूचना घिमिरे
त्यसै कसैका मनमा श्राप कहाँ हुन्छ र ?

कलियुगमा पुण्य र पाप कहाँ हुन्छ र ?
बलेकै आगो ताप्छन् यहाँ सबैजना
निभेको आगोमा ताप कहाँ हुन्छ र ?
नहुने नै पेलिइरहन्छन् जेलिइरहन्छन्
हुनेलाई महङ्गीको चाप कहाँ हुन्छ र ?
पिपल भए पो ढुङ्गा छेडेर उम्रिन्थ्यो
जो कोहीलाई उम्रन काप कहाँ हुन्छ र ?
भनेर मात्र हुन्न यहाँ गरेर देखाउनु पर्छ
गर्ने सबैका काँधमा धाप कहाँ हुन्छ र ?
नहुनेलाई खापै माथि खाप कहाँ हुन्छ र ?
मान्छेको मन जोख्ने नाप कहाँ हुन्छ र !!

Author:



क्याटोगरी छान्‍नुहोस