जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राजनीतिक दलका नेताहरुले सोमबार प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी, लोसपा, जसपा लगायत पार्टीक नेता–कार्यकर्ताहरूले तोडफोड गर्दै मधेश भवनअगाडि विरोध प्रदर्शन गरेका हुन् । नव नियुक्त मुख्यमन्त्री यादव मधेश भवन आउने जानकारी पाए लगत्तै राजनीतिक पार्टीका नेता तथा प्रदेश सदस्यहरूले गेट अगाडि प्रदर्शन जारी राखेका छन् । प्रदर्शनीकारीहरुले प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड समेत गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा ९एमाले० संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८९३० अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । आफु अस्वस्थ्य भएकोले काठमाडौं जाने भनी मधेश भवन स्थित निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले बर्दिबास स्थित होटल पानसमा कात्तिक २३ गतेको मितिमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै पत्र दिएकी छिन् । उनले त्यही होटलमै राती नै यादवलाई शपथग्रहण गराएकी छिन् ।