मधेश आन्दोलनको सपना र अहिलेको सत्ता खेल

उमेश कुमार यादव
विक्रम सम्वत २०७९ मा भएको दोस्रो प्रदेशसभा को निर्वाचन पश्चात् जसपा, नेपालको संसदीय दलको नेता माननीय सरोज यादव ( बारा ) को नेतृत्व मा मधेस प्रदेश सरकार गठन भयो । मधेस आन्दोलन को मुख्य लिगेसी बोकेको र नेतृत्व गरेको पार्टीको सरकार ढाल्न कस कसले के के गरे ? किन गरे ?त्यसलाई उचाल्न पर्दा पछाडि बाट कस कसले सहयोग गरेका थिए ? सुरसण्ड ( बिहार) देखि कहाँ कहाँ सम्म बैठक गरेका थिए ?

स्मरण रहोस्, सुरसण्ड बैठक गर्ने योजनाकार त्यसपछि अर्थात माननीय सतिश सिंह नेतृत्वको सरकारमा अर्थ मन्त्री केही दिन बने । राष्ट्रिय राजनीतिक को घटनाक्रमले योजनाकार मध्ये एउटा पक्ष लाई बहिर्गमन हुनु पर्यो ।

त्यसपछि माननीय सतिश सिंह नेतृत्वको सरकार उहाँको पार्टीको अन्तर कलहको कारण सरकार ढल्यो। सरकार ढाल्न कसरत गर्नेहरुको मुख्य ध्येय फेरि अर्थ मन्त्रालय नै रहेको चर्चा चल्यो । दुबैमा एउटा समानता देखिन्छ : पहिलो ,आफ्नो पार्टी सरकार मा सामेल छ तर मुख्य नेतृत्व सरकार मा मन्त्री छैन । दुबैको निशानामा अर्थ मन्त्रालय रहेको देखिन्छ ।

उमेश कुमार यादव

दोस्रो : सरकार मा पार्टीको मन्त्री लाई फिर्ता न बोलाउदै सुरसण्ड तिर बैठक गर्छन् भने दोस्रोमा संसदीय दलको निर्देशन बिपरित मुख्यमन्त्रीले राजीनामा दिदैन। तर,आफ्नो पार्टीको मुख्यमन्त्रीलाई ढालेर अर्को पार्टीको ( नेपाली काङ्ग्रेस ) को नेतृत्व मा सरकारमा जान खुट्टा उचालेर लगभग गइसकेको परिस्थितिमा राजनीतिक घटनाक्रम ले अर्को मोड लिन्छ र मित्र, माननीय श्री जितेन्द्र सोनल को नेतृत्वमा सरकार बन्छ । त्यसपछि को घटना क्रम जारी छ।

हामी कस्तो राजनीतिक मुल्य मान्यता स्थापित गर्दै छौँ ? त्यत्रो बलिदानको जग र गर्भबाट पैदा भएको नेताहरु रात भरीमै यता ,उता किन हुन्छन् ? प्राडो, पजेरो, सुरा, सुन्दरी एवम ब्रिफकेश काण्ड एक चोटि देउवा नेतृत्व को सरकार ढाल्न र टिकाउन भएको थियो । जुन धेरै नै घिन लाग्दो थियो । त्यतिबेला सप्तरीबाट निर्वाचित एक जना सांसदले आफ्नै पार्टीको नेता को विरुद्धमा के गरेका थिए हर्कत स्मरण आउँछ।

आज पुनः नयाँ ढंगले योजना बिक्री गर्ने प्रमुख र शक्तिशाली मन्त्रालय अर्थ मन्त्रालयको प्रलोभनमा सरकार ढाल्ने खेलमा सामेल हुनेहरू ले संघीयता विरोधी शक्तिलाई मलजल पुर्याएको देखिन्छ ।

कहिँ कतै प्राडो, पजेरो, सुरा, सुन्दरी काण्डदेखि केन्द्रमा मन्त्री, प्रदेशमा मुख्य मन्त्री/अर्थ मन्त्री को जिद्द सरकारलाई अस्थिर बनाउने खेलमामा सप्तरीको तपाईंको मत त दुरुपयोग भएको / भइरहेको त छैन ?
लेखक यादव नेकपा माओवादीका नेता हुन्।

Author:



क्याटोगरी छान्‍नुहोस