शेख हसिनाको निर्वासन: बंगलादेशको शक्ति-संघर्षको डरलाग्दो प्रतिविम्ब

दिल निशानी मगर

मुस्लिम बाहुल्य देशमा एउटा महिला प्रधानमन्त्री बन्नु निकै चुनौतीपूर्ण कुरा हो। संसारमा करिब ५५ ओटा मूस्लिम बाहुल्य देशहरु छन्, तर शेख हसिना शरण लिन भारत नै रोजिन्। नरेन्द्र मोदी, जसलाई आरएसएसले उत्पादन गरेको कट्टर हिन्दूबादी नेता मानिन्छ,उनैले हसिनालाई सम्मानपूर्वक शरण थिए। बंगलादेशको निर्माता शेख मुजिबुर रहमानलाई सन् १९७५ मा हत्या गरिएको थियो, जो हसिनाको बाउ थिए। त्यतिखेर पनि असुरक्षाका कारण २८ बर्षकी हसिनाले भारतमा नै शरण लिएकी थिईन्। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले उनलाई आश्रय दिएकी थिईन्। हसिना मात्रै हैन, बंगलादेशकी लेखिका तस्लीमा नसरिन पनि यतिखेर भारतमा नै शरण लिईरहेकी छिन्। आफ्नो किताब लज्जा मा नरसिनले महिला अधिकारको बारेमा लेख्दा बंगलादेश छोड्नु परेको थियो।

दिल निशानी मगर

करिब १८ करोड जनसंख्या भएको बंगलादेशलाई ७८ बर्षिया हसिनाले सम्हालेर राखेकी थिईन्। तर हसिनाको परिवारले बारम्बार सैनिक विद्रोह (तख्तापलट) को शिकार सहदै आयो। बाउको हत्या हुने बेलामा परिवारका अन्य १२ सदस्यको समेत हत्या भएको थियो।

हसिना त्यो समयमा विदेश भएकाले बांचेकी थिईन्। हसिनाले आफ्नो पार्टी अवामी लिग भारतमा शरण लिईरहेको बेला नै गठन गरेकी हुन्। हसिनाको छवि लोकतान्त्रिक थियो। उनले बंगलादेशका अल्पसंख्यक हिन्दू र बौद्ध धर्मालम्बिहरुको सुरक्षामा विशेष ध्यान दिन्थिन्। मोदी र हसिनाको बिचमा Mango Diplomacy चल्दै आईरहेको थियो। आँप पाक्ने सिजनमा हरिभंगा र आम्रपाली नाम गरेका स्वादिला आँपहरु हसिनाले उपहार स्वरुप मोदीलाई दिल्ली पठाउथिन, जुन कुरा पाकिस्तान संग नजिक रहेका कट्टरपन्थी हरुलाई मन परेको थिएन। यसपाली सेनामा रहेका नातेदारले हसिनालाई भगाउन सफल भए, नत्र हसिनाको हत्या निश्चित थियो।

बंगालको खाडीमा रहेको समुद्री मार्ग र रणनीतिक दृष्टिले महत्वपूर्ण सेन्ट मार्टिन्स द्वीपमा अमेरिकाले सैन्य आधार शिविर स्थापना गर्न चाहान्थ्यो। अमेरिका र उसका साझेदारहरूले सुरक्षा र आपूर्ति लाइनको निगरानी गर्न सक्ने सामरिक स्थान (Strategic Location) बंगालको खाडी (Bay of Bengal) नै थियो, जहाबाट अमेरिकाले दक्षिण एशियामा प्रभाव विस्तार गर्न सक्छ, चीनको “बेल्ट एण्ड रोड इनिसिएटिभ” (Belt and Road Initiative – BRI) लाई काउन्टर दिन सक्छ। तर हसिनाले अमेरिकाको उक्त प्रस्तावमा रुचि देखाईनन्, र सेन्ट मार्टिन्स द्वीपको सामरिक र पर्यावरणीय महत्वलाई ध्यानमा राखेर एसियाली देशहरु र बंगलादेशको सार्वभौमिकताको रक्षा गरिन्।

ईस्ट टिमोर जस्तै बंगलादेश र म्यानमारका केही भागहरू टुक्राएर कुकी, चिन, मिजो समुदाय मिलाएर एउटा नयाँ ख्रीष्टियान राज्य बनाउने प्रयासलाई पनि हसिनाले निस्तेज पार्दै आईन्। तर जिरो आईक्यू ढाक्रे नेपालीहरु Geopolitics phenomenon बुझ्दैनन् अनि हसिनालाई फाँसी दिनुपर्छ भन्दै कोकोहोलो मच्चाउछन्।

पछिल्लो आर्थिक बर्षमा बंगलादेशको जीडीपी ५० अर्ब अमेरिकी डलर पुगेको थियो। निर्यात पनि धेरै राम्रो थियो। खासगरी, Garments & Textiles हरु, जुट र जुटजन्य उत्पादनहरु, समुद्री उत्पादनहरु Fish , Seafood, विशेषगरी झिंगा माछा (Shrimp), जुत्ता, ब्याग, बेल्ट, फलफूल र औषधिहरु विश्व बजारमा पुग्छन्। गरिबी दर पछिल्लो पच्चिस बर्षमा पचास प्रतिशतले घटेको थियो।

पूर्वाधार विकास तीव्र गतीमा सुधार भईरहेको थियो। मानव विकास सूचकांक राम्रो थियो। राजधानी ढाका शहर दुबईको मेडलमा विकसित हुँदै थियो। शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सुधार भईरहेको थियो। तर दुखको कुरा, जसरी नेपालको जेनजी आन्दोलनमा राजावादीहरुको घुसपैठ भएको थियो, त्यसरी नै बंगलादेशको विद्यार्थी आन्दोलनमा पनि शरिया कानून चाहाने तत्वहरुको घुसपैठ हुन पुग्यो। यसरी बंगलादेशको डाउनफल सुरु भयो।

युनुस नामका मनुष्यले अझै चुनाव गराउन सकेका छैनन्। अवामी लिग संग डराएर हसिना लाई फाँसीको सजाय सुनाएका छन्। तर केही जुठे, हगुरे नेपाली खुशी मानेर चम्किनु पर्दैन। धर्मगुरु दलाई लामाले पनि भारतमा नै शरण लिएका छन्। यदि उनलाई तिब्बत फर्काइयो भने चिनियाँहरुले जीवित राख्दैनन्।

तवास्मीति च याचते।
अभयं सर्वभूतेभ्यो
ददाम्येतद् व्रतं मम।

(मगर राजनीतिक तथा समसामयिक विषयमा सशक्त रुपमा कलम चलाउँछन् ।) Source: facebook

Author:



क्याटोगरी छान्‍नुहोस