सर्लाहीका चार निर्वाचन क्षेत्रबाट जसपा नेपालका नौ जना उम्मेदवार सिफारिस

सर्लाही, २२ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत सर्लाहीका चारवटा निर्वाचन क्षेत्रबाट नौ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जसपा नेपाल सर्लाही जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो । पार्टीले जिल्लाका चारै निर्वाचन क्षेत्रलाई समेट्दै विभिन्न सामाजिक, राजनीतिक तथा पेशागत पृष्ठभूमिका नेताहरूलाई उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ ।

जिल्ला समितिका अनुसार सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादवलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । सर्लाही क्षेत्र नम्बर २ बाट भने भरत चौधरीलाई एकल उम्मेदवारका रूपमा चयन गरिएको छ ।

यसैगरी, सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव रायसहित रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी. यादव) र विनोद यादवको नाम सिफारिस गरिएको छ । पार्टीका अनुसार यी उम्मेदवारहरूलाई संगठनात्मक अनुभव, जनसम्पर्क र राजनीतिक योगदानको आधारमा छनोट गरिएको हो ।

त्यस्तै, सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको जिल्ला समितिले जनाएको छ ।

जसपा नेपाल सर्लाहीले मधेशकेन्द्रित मुद्दा, समावेशिता, सामाजिक न्याय र विकासलाई प्राथमिकतामा राखेर उम्मेदवार सिफारिस गरिएको बताएको छ । सिफारिस गरिएका उम्मेदवारहरूको नाम अब केन्द्रीय समितिमा पठाइने र अन्तिम निर्णय पार्टी नेतृत्वबाट हुने जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस