त्रिशूलीमा पुरिएको गणपति डिलक्स बसका अवशेष फेला

काठमाडौँ, पुस २९ । त्रिशूली नदीको किनारामा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नामक बस फेला परेको छ ।
तनहुँको आबुखैरेनी गाउँपालिका–५, द्धोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा उक्त बसका विभिन्न पार्टपुर्जा भेटिएको हो । बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएको सुरक्षा टोलीले उक्त बसका अवशेष फेला पारेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस २०८१ असार २८ गते चितवनको सिमलतालस्थित त्रिशूली नदीमा पहिरोमा परेर बेपत्ता भएका थिए ।

गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जना हाम फालेर ज्यान जोगाउन सफल भए पनि २८ जना बेपत्ता भएका थिए । तीमध्ये १४ जनाको शव फेला परिसकेको छ भने बाँकी अझै बेपत्ता रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस