कोरोनाः जगदम्बा इन्टरप्राइजेजका सिइओको मृत्यु

राजविराज। पर्साको वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विहिवार राति थप एक जनाको मृत्यु भएको छ । उपचारार्थ गण्डकस्थित कोभिड अस्पतालमा भर्ना गरिएका ५६ वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको अस्पतालका डा. निरज सिंहले पुष्टि गरे ।

उनी वीरगञ्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) हुन् । मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गत साउन ७ गते उनलाई उपचारार्थ भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था विग्रिन थालेपछि आइसियुमा राखिएकोमा बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाइ भेन्टिलेटरमा राखिएको तथा भेन्टिलेटरमै उपचारको क्रममा मृत्यु अस्पतालले जनाएको छ ।

फायल तस्बिर।

Author:



क्याटोगरी छान्‍नुहोस