सञ्चारकर्मीमाथि दुर्व्यवहारप्रति आपत्ति, दोषीलाई कारवाहीको माग

राजविराज, २४ जेठ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश २ समितिले पर्साका सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटना प्रति आपत्ति जनाउँदै दोषीलाई कारवाहीको माग गरेको छ । समितिका अध्यक्ष कैलास दासले आज विज्ञप्ति जारी गर्दै घटनास्थलमा पुगेर सत्यतथ्य समाचार संकलन गर्न खोज्दा सरकारकै जिम्मेवार निकायबाट दुर्व्यवहार गरिनु प्रेस स्वतन्त्रता हनन भएको ठहर गरेका हुन् ।

सीमावर्ती क्षेत्रमा अबैध रुपमा भइरहेको ओसारपसार (तस्करी) को दृश्यलाई खिच्ने क्रममा राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासमानमाथि हातपातको प्रयास भएको थियो । धोबिनी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किस्मान तमाङकै निर्देशनमा अध्यक्ष पासमानमाथि हातपातको प्रयासकासाथै क्यामेरामा खिचिएको दृश्य पनि ‘डिलिट’ गर्न लगाएका थिए ।

नेपालको संविधानले नै अभिव्यक्ति र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकोमा सरकारकै जिम्मेवार निकायबाट यस्ता खालका घटना गराइएको भन्दै सशस्त्र प्रहरी निरीक्षक तामाङ लगायत संलग्नमाथि अविलम्ब कारवाही गर्न विज्ञप्तिमा माग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780