टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा [टिकटकले जासुसी गर्न सक्छ?]

जनकपुरधाम । अमेरिकामा पनि टिकटक प्रतिबन्ध हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने पनि बताए । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक विश्वभर निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो ।

अमेरिकामा मात्रै ८ करोड सक्रिया प्रयोगकर्ता रहेको बिबिसीले समाचार छापेको छ । अमेरिकामा टिकटक प्रतिबन्ध भएपछि बाइटडान्सलर्य ठुलो धक्का पुग्ने आकलन गरिएको छ । यसअघि भारतमा टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

टिकटकले जासुसी गर्न सक्छ?

बिबिसीमा उल्लेख भएअनुसार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकले सङ्कलन गरेको तथ्याङ्क चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुग्ने आरोप लगाएका छन् । टिकटकले तथ्याङ्क सङ्कलन चीन बाहिर हुने र बाहिरै भण्डार हुने पटक–पटक बताएको छ ।

‘हामी चिनियाँ सरकारको औंलामा छौँ भन्ने कुरा पूर्ण रूपमा असत्य हो, टिकटकको युरोप, मध्यपूर्व र अफ्रिकाका लागि सार्वजनिक नीतिका प्रमुख थियो बेर्टरामले बीबीसीलाई बताएका थिए । तर टिकटकविरुद्धको कुरा भनेको चिनियाँ सरकारले स्थानीय कानुन लगाएर बाइटडान्सलाई विदेशी प्रयोगकर्ताको तथ्याङ्क दिन बाध्य पार्न सक्छ भन्ने हो ।

सन् २०१७ को चीनको राष्ट्रिय सुरक्षा कानुनमा कुनै पनि संस्था वा व्यक्तिले राज्यको जासुसी कार्यकालागि सहयोग र सहकार्य गर्नुपर्ने व्यवस्था छ । ब्रेटरामले चिनियाँ सरकारले मागेपनि आफूले नदिने बताएका थिए । तर बाइटडान्सले चिनियाँ सरकारलाई असन्तुष्ट पार्दा हुनसक्ने असरका बारेमा सोच्नपर्ने हुन सक्छ ।

बाइटडान्सको धेरै लोकप्रिय समाचार एप टौटिआओ सन् २०१७ मा चीनको इन्टरनेट सूचना कार्यालयले अश्लील सामग्री फैलाएको भनेपछि २४ घण्टाका लागि हटाइएको थियो ।

#टिकटक        #अमेरिका

Author:



क्याटोगरी छान्‍नुहोस