प्रेस मञ्च सप्तरीद्वारा सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

बिरेन्द्र बजार, १ असार । प्रेस मञ्च नेपाल सप्तरीले पत्रकार सौरभ यादवमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङले आज (मंगलबार) एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका हुन् ।

‘समाचार संकलनको क्रममा जिल्ला प्रशासन कार्यालय परिसरमै संचारकर्मी यादवमाथि भएको दुर्व्यवहार प्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष तामाङद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘समचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका यादव उपर भएको अपमान जनक कार्यको जतिसुकै निन्दा गर्दा समेत कमै हुन्छ ।’

जिल्ला प्रशासन कार्यालय परिसरमा पत्रकारलाई सूचना संकलनको क्रममा अपमानित गर्नुले सिंगो संचार क्षेत्रमाथिको ठाडो हस्तक्षेप भएको विज्ञप्तिमा ठहर गरिएको छ । ‘स्थानीय समस्यालाई जोडतोडका साथ उजागर गर्न सक्रिय पत्रकार यादवमाथि भएको दुव्र्यवहारको घटनाको घोर भत्सर्ना गर्दछु’ विज्ञप्तिमा भनिएको छ, ‘दुव्र्यवहार घटनाको सत्यतथ्य छानबिन गरी संचारकर्मीलाई निर्भरताको साथ समाचार संकलन गर्ने वातावरण सिर्जना गर्न सरोकारवालाहरुसँग आग्रह गर्दछु ।’

आजै जिल्ला प्रशासन कार्यालय सप्तरीमा कोभिड १९ विरुद्धको खोप केन्द्रमा देखिएको अव्यवस्थित भिडको दृश्य लिने मधेश लाइभ अनलाइनका समाचार संयोजक तथा एपीवान टेलिभिजनका संवाददाता यादवमाथि सहायक सिडियोका छोराले दुव्र्यवहार गरेका थिए । समाचार संकलनको क्रममा सहायक सिडियोका छोराले तथानाम भन्दै फोटो खिच्न अवरोध गरी प्रवेशमा समेत रोक लगाएको थियो ।

यादवमाथि भएको दुर्व्र्यवहार घटना प्रति नेपाल पत्रकार महासंघ सप्तरी, नेपाल फोटो पत्रकार महासंघ सप्तरीसहित विभिन्न संचारक्षेत्रसँग आबद्ध संघ संस्थाले छुट्टा–छुट्टै प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन् ।

यो पनिः

सिडिओ कार्यालय परिसरमै मधेशलाइभकर्मी यादवमाथि दुर्व्यवहार

सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार प्रति महासंघले जनाए आपत्ति

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780