प्रदेश २ का ४२ जना प्रहरी संक्रमित

जनकपुरधाम । प्रदेश २ का ४२ गरी देशभरमा २ सय ५९ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । केन्द्रिय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी २ का ४२ गरी देशभरमा २ सय ५९ जना संक्रमित देखिएका छन ।

यसैगरी, प्रहरी हेडक्वार्टरका ७३ र काठमाडौं उपत्यकाका १३ जनामा प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो । प्रदेश १ का २९ जना, गण्डकी प्रदेशका ४८ जना, प्रदेश ५ का १५ जना, कर्णाली प्रदेश २७ र सुदूरपश्चिम प्रदेशका १२ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको एसएसपी कडायतले जानकारी दिए ।

प्रहरीमा हालसम्म सबैभन्दा माथिल्ला तहका प्रहरी उपरीक्षक (एसपी) १, प्रहरी निरीक्षक (इन्सपेक्टर) ६, नायव निरीक्षक (सई) १२, सहायक निरीक्षक १६ जनामा संक्रमण देखिएको छ । हवल्दार ६९ जना, प्रहरी जवान १ सय ५१ जना र कार्यालय सहयोगी ४ जना प्रहरी कर्मचारीमा पनि संक्रमण देखिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस