पर्सामा सेना, प्रहरी र सञ्चारकर्मी गरी ७३ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ८० पुगेको छ । पछिल्लो पटक आइतबार राति मात्रै ७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ८० पुगेको नारायणी अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार पछिल्लो पटक नेपाली सेना, प्रहरी तथा सञ्चारकर्मीसहित ७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ६१ पुरूष र १२ जना महिला रहेका छन ।

यसैगरी, पर्सामा संक्रमणका कारण सोमवार विहानसम्म १३ जनाको मृत्यु भइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस