जसपा अध्यक्ष डा.भट्टराई र विप्लवबीच भेटवार्ता

जनकपुर, १ साउन । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ ।

भेटवार्तामा नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए ।

भट्टराई निवासमा भएको भट्टराई पत्नी हिसिला यमी र माओवादीका अर्का नेता धर्मेन्द्र बाँस्तोलाको उपस्थीति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस