काठमाडौँ, १ साउन । देशभर पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६१३ जनाको पीसीआर परीक्षणबाट २ हजार ६ र ४ हजार ५६९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३० जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा थप ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ७७५ जना कोरोना संक्रमित निको भएका छन् ।